Kathmandu Press

आविष्कार केन्द्रले निर्माण गरेको अक्सिजन प्लान्ट भीरकोटमा जडान

स्याङ्जा, जेठ २९ : राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ। कोरोना संक्रमित बढेसँगै अक्सिजन आवश्यक परेपछि केन्द्रले...
आविष्कार केन्द्रले निर्माण गरेको अक्सिजन प्लान्ट भीरकोटमा जडान

स्याङ्जा, जेठ २९ : राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ। 

कोरोना संक्रमित बढेसँगै अक्सिजन आवश्यक परेपछि केन्द्रले निर्माण गरेको मिनी प्लान्ट जडान गरिएको हो। २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टमा भीरकोट नगरपालिकाको १० लाख र राष्ट्रिय आविष्कार केन्द्रको १० लाख रुपैयाँ लगानी रहेको छ। 

Hardik ivf

प्लान्टमा सातवटा कन्सन्ट्रेटर प्रयोग गरी प्रतिमिनेट ६५ लिटर अक्सिनज उत्पादन भइरहेको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए। थप ६ वटा कन्सन्ट्रेटर जोड्न सकिने जनाएको छ। त्यसपछि प्रतिमिनेट १२० लिटर अक्सिजन उत्पादन हुनेछ। 

केन्द्रले यसलाई देशव्यापी बनाउने जनाएको छ। यो प्लान्ट १० जना युवा मिलेर निर्माण गरिएको हो। परीक्षण सफल भएपछि पहिलोपटक भीरकोट नगर अस्पतालमा जडान गरिएको जनाएको छ। 
 

प्रकाशित मिति: ०८:५२ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्