Kathmandu Press

ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री

ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री

पोखरा, जेठ २९ : पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए।

Hardik ivf

सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए। 

यसैबीच थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो चाँडो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ। थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी तथा  फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरे। 

ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिए।
 

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्