Kathmandu Press

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

कञ्चनपुर, जेठ २८ : १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले...
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
Hardik ivf

कञ्चनपुर, जेठ २८ : १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

धनबहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाईफकाई घरबाट स्थानीय नर्सरीमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो। 

हाल फरार सिप्पु खुनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्