Kathmandu Press

पत्नी हत्या आरोपमा एकजना पक्राउ

पत्नी हत्या आरोपमा एकजना पक्राउ

लाम, जेठ २८ : पत्नीको हत्या गरेको आरोपमा शुक्रबार बिहान एकजना पक्राउ परेका छन्।

पक्राउ पर्ने इलामको देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङ हुन्।

Hardik ivf

उनले पत्नी ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

हत्याको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्