Kathmandu Press

भरुवा बन्दुक र हरिणको मासुसहित दुईजना पक्राउ

सुनसरी, जेठ २८ : प्रहरीले शुक्रबार बिहान तीन थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ रेललाईन बस्ने २५ वर्षीय...
भरुवा बन्दुक र हरिणको मासुसहित दुईजना पक्राउ

सुनसरी, जेठ २८ : प्रहरीले शुक्रबार बिहान तीन थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ रेललाईन बस्ने २५ वर्षीय एसुब राना मगर र सोही ठाउँ बस्ने २५ वर्षीय सागर मगर छन्।

उनीहरूका साथबाट अन्दाजी एक सय ग्राम बारुद, हरिणको टाउको, सिङ र करिब १२ केजी मासु पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेको छ। 

सोही ठाउँ बस्ने २५ वर्षीय निरज घिमिरेको घरमा जंगली जनावर हरिण मारी ल्याई मासु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले घरमा लुकाइराखेको उक्त हतियार तथा मासुसहित उनीहरुलाई पक्राउ गरेको हो । 

हाल फरार निरज घिमिरेको खोजीका साथै अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्