गोली प्रहार गरेको आरोपमा दुईजना पक्राउ
दाङ, जेठ २८ : तुलसीपुर उपमहानगरपालिका-८ अस्वार गनारमा स्थानीयबीच भएको विवादका क्रममागोली प्रहार गरेको आरोपमा प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हादुईजनालाई पक्राउ गरेको...
दाङ, जेठ २८ : तुलसीपुर उपमहानगरपालिका-८ अस्वार गनारमा स्थानीयबीच भएको विवादका क्रममागोली प्रहार गरेको आरोपमा प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हादुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका चन्द्रगन्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरी छन्।
सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको विषयलाई लिएर स्थानीयबीच विवाद हुँदा पूर्णबहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षकसमेतको प्रहरी टोली खटिएको थियो।
खोजी गर्ने क्रममा रा२प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका–८ टिकरीबाट उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।
घटनास्थलबाट म्यागजिन सहितको ६ राउन्ड गोली, एक राउन्ड खोका र कम्पनीको नाम नलेखिएको एक थान पेस्तोल प्रहरीले बरामद गरेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











