Kathmandu Press

कोरियाको बहुर्राष्ट्रिय कम्पनी लोट्टे चेन नेपाल भित्रियो 

काठमाडौं, असार १० :  दक्षिण कोरियाको बहुर्राष्ट्रिय कम्पनी लोट्टे अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेन्ट लोट्टेरिया नेपालमा पनि सञ्चालनम....

कोरियाको बहुर्राष्ट्रिय कम्पनी लोट्टे चेन नेपाल भित्रियो 

काठमाडौं, असार १० :  दक्षिण कोरियाको बहुर्राष्ट्रिय कम्पनी लोट्टे अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेन्ट लोट्टेरिया नेपालमा पनि सञ्चालनमा आउने भएको छ। त्यसका लागि लोट्टे जीआरएस र हिमालय एनकेबीच मंगलबार सम्झौता भएको छ।

नेपालमा लोट्टेको फ्रेन्चाइज सञ्चालनका लागि दुबै कम्पनीका प्रमुखबीच व्यवसायिक सम्झौता गरिएको हो। सम्झौताका लागि दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सिईओ नाम इक ऊ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल नेपाल आएका थिए।

४० वर्षदेखि सञ्चालित लोट्टेरिया हाल दक्षिण कोरियासहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया तथा लाओास लगायतका देशहरुमा १६ सय भन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट सञ्चालनमा रहेका छन्। लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात छ।

लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रर्वद्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दाबी हिमालयन एनकेका अध्यक्ष विनोद कुँवरको छ। लोट्टे ग्रुपमा अहिले ६० हजारभन्दा बढीले रोजगारी गरिरहेका छन्।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल सरकार विदेशी लगानी भित्र्याउन आतुर रहेको बताए। स्थिरतासँगै नेपालमा विदेशी लगानी भित्र्याउन कानूनहरु निर्माण गरिरहेको र नेपालमा लगानी गर्न आग्रसमेत मन्त्री यादवले गरे।
 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, असार १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्