पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरण
काठमाडौं, जेठ २८ : सरकारले पशुपन्छीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकीकरण गरेको छ। ती रोगहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार स्वीकृत...
काठमाडौं, जेठ २८ : सरकारले पशुपन्छीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकीकरण गरेको छ। ती रोगहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार स्वीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बिहीबार स्वास्थ्य विभागको निर्णयपछि भएको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्राथमिकीकरण गरिएपछि तिनलाई स्वीकृत गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिसरहाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगलाई प्राथमिकीकरण गरिएको हो।
यी रोगलाई प्राथमिकीकरण गर्दा सम्बन्धित सबै पक्षले आवश्यक तयारी तथा जनचेतना, प्रयोगशालामा किटका साथै औषधि व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ।












