भारतीय सेनाद्वारा नेपाली सेनालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, जेठ २८ : भारतीय सेनाले नेपाली सेनालाई कोरोना संक्रमणको उपचार तथा रोकथामका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।आज (शुक्रबार) नेपालका लागि...
काठमाडौं, जेठ २८ : भारतीय सेनाले नेपाली सेनालाई कोरोना संक्रमणको उपचार तथा रोकथामका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।
आज (शुक्रबार) नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
हस्तान्तरित स्वास्थ्य सामग्रीमा एम्बुलेन्स, भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेटलगायत रहेको नेपाली सेनाले जनाएको छ।
प्रकाशित मिति: १२:५७ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











