Kathmandu Press

बेलायत र अमेरिकाबीच अटुट सम्बन्ध छ : बोरिस जोनसन 

लन्डन, जेठ २८ : बेलायत र अमेरिकाबिच अटुट सम्बन्ध रहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। युरोप भ्रमण र जी ७ शिखर सम्मेलनमा सहभागी हुन...
बेलायत र अमेरिकाबीच अटुट सम्बन्ध छ : बोरिस जोनसन 

लन्डन, जेठ २८ : बेलायत र अमेरिकाबिच अटुट सम्बन्ध रहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। 

युरोप भ्रमण र जी ७ शिखर सम्मेलनमा सहभागी हुन गएका अमेरिकी प्रधानमन्त्री जो बाइडेनसँग बिहिबार भएको कुराकानी पछि प्रधानमन्त्री जोनसनले बेलायत र अमेरिकाको सम्बन्ध अटुट रहेको रहेको बताएका हुन्।

Hardik ivf

जोनसनले बाइडेनसँग गम्भिर विषयमा कुराकानी भएको बताएका छन्। त्यस्तै, जोनसनले बाइडेनले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटको कारण आएको तनावको विषयमा टिप्पणी नगरेको बताएका छन्।  

जोनसन र बाइडेनले जी ७ शिखर सम्मेलन सुरु हुनअघि बेलायतको कोर्नवालको कार्बिस बे रिर्सोटमा भेटवार्ता गरेका थिए। 

शिखर सम्मेलन शुरु हुन अघि जोनसनले सन् २०२२ मा गरीब मुलुकलाई १० करोड भन्दा बढी खोप दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, बाइडेनले पनि अफ्रिकी संघका साथै विश्वका ९२ गरिब मुलुकलाई फाइजर खोपको ५० करोड डोज दिने प्रतिबद्धता जनाएका छन्। 
 

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, जेठ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्