Kathmandu Press

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुर, जेठ २८ : कञ्चनपुरमा  किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार रहेका छन्।बलात्कार गरेको आरोप लागेका...
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुर, जेठ २८ : कञ्चनपुरमा  किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार रहेका छन्।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

बेदकोट नगरपालिका–४ की ती किशोरीलाई बिहीबार अपरान्ह ४ बजेतिर नजिकैको जंगलमा फकाइफुलाइ लगेर वियर खुवाएर करणी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्