हेटौँडा उपमहानगरले ल्यायो एक अर्ब ८१ करोडको बजेट
हेटाैँडा, असार १० : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ का लागि एक अर्ब ८१ करोड १८ लाख रूपैयाँको बजेट ल्याएको छ। उपमहानगरपालिकाको ....
हेटाैँडा, असार १० : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६-७७ का लागि एक अर्ब ८१ करोड १८ लाख रूपैयाँको बजेट ल्याएको छ। उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा आर्थिक वर्ष २०७६-७७ का लागि एक अर्ब ८१ करोड १८ लाख रूपैयाँको बजेट प्रस्तुत गरिएको हो।
उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट ४५ करोड ८४ लाख ९ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ। त्यसैगरी संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ। उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट १० करोड बेहोरिने उपप्रमुख लामाले बताइन्।
बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताइन्। कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ। नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ। उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रूपैयाँ छुट्याइएको उपप्रमुख लामाले बताइन्।