Kathmandu Press

गण्डकीका खेलकुदमन्त्री दीपक मनाङ्गे दिए राजीनामा

पोखरा, जेठ २८ : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन्।उनले बिहीबारबाट लागू हुने गरी राजीनामा दिएको बताए। उनी...
गण्डकीका खेलकुदमन्त्री दीपक मनाङ्गे दिए राजीनामा

पोखरा, जेठ २८ : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन्।

उनले बिहीबारबाट लागू हुने गरी राजीनामा दिएको बताए। उनी बिहीबार संसदमा अनुपस्थित रहेका थिए। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाएकाले आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ। 

उनले विपक्षी गठबन्धनलाई सहयोग गर्न संसद्मा उपस्थित नभएको जनाएका छन्। मुख्यमन्त्री गुरुङले संसद् भंग गर्न खोजेकाले आफू विपक्षी गठबन्धनमा गएको उनले बताएका छन्। 

प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्