प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गरेपछि विपक्षी गठवन्धन छलफलमा जुटे
काठमाडौं, जेठ २७ : विपक्षी गठवन्धनका नेताहरुबीच छलफल भएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बिहीबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाडौं, जेठ २७ : विपक्षी गठवन्धनका नेताहरुबीच छलफल भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बिहीबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी ‘जसपा’ का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको र अहिले पनि छलफल जारी छ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि विपक्षी गठवन्धनहरु छलफलमा जुटेका हुन् । उनीहरुले यसअघि भएको मन्त्रिपरिषद् विस्तार र हेरफेरको विरोध गरेका थिए।
प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











