Kathmandu Press

नङको रङ परिवर्तन भयो, कोरोना लागेको हुनसक्छ ?

काठमाडौं, जेठ २७ : के तपाईंको नङको रङ परिवर्तन भएको छ रु यदि सचेत हुनुहोस् कोरोना भाइरस लागेको हुन सक्छ ।वैज्ञानिकहरुले नङ रङ परिवर्तन...
नङको रङ परिवर्तन भयो, कोरोना लागेको हुनसक्छ ?

काठमाडौं, जेठ २७ : के तपाईंको नङको रङ परिवर्तन भएको छ ? यदि छ भने सचेत हुनुहोस्, कोरोना भाइरस लागेको हुन सक्छ ।

वैज्ञानिकहरुले नङकाे रङ परिवर्तन हुनु पनि कोरोनाको लक्षण भएको बताएका छन् । युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानले नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण भएको देखाएको हो।

Hardik ivf

वैज्ञानिकहरुले संक्रमण भएपछि भाइरसको असर बढ्दै जाँदा रक्तनली क्षतिग्रस्त हुने भएकाले नङको रङ्ग बदलिने बताएका छन् । संक्रमितमा रगत जम्ने समस्याका कारण पनि नङको आधा भागको रङ परिवर्तन हुने उनीहरुको भनाइ छ।

नङको रङ परिवर्तन हुने समस्यालाई वैज्ञानिकहरुले ‘कोभिड नेल’ नाम दिएका छन्।

ती वैज्ञानिकहरुले यस्तो लक्षण कति दिनसम्म रहन्छ भन्ने विषयमा केही उल्लेख गरेका छैनन्। तर, प्रारम्भिक अनुसन्धानले संक्रमितमा एकदेखि ४ सतासम्म नङको रङ परिवर्तन हुने देखाएको छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्