चितुवाको छालासहित कीर्तिपुरबाट दुई जना पक्राउ
काठमाडौं, जेठ २७ : कीर्तिपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई...
काठमाडौं, जेठ २७ : कीर्तिपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–१ घर भइ पाँगा बसपार्क बस्ने २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ दुर्गाथली गाउँपालिका–७ घर भइ ढल्पा बस्ने २९ वर्षीय नारायण बहादुर सिंह छन्।
चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











