Kathmandu Press

म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

याङ्गुन, जेठ २७ : म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ। सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले...
म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

याङ्गुन, जेठ २७ : म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ। 

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए। राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उन्ले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए। तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ।

सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्