Kathmandu Press

डा. गोविन्द केसी समर्थक युवाद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं, जेठ २७ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी समर्थक युवाहरुले आज (बिहीबार) दिउँसो  माइतीघर मण्डलमा नाराबाजी र प्रदर्शन गरेका छन्।निषेधाज्ञाको...
डा. गोविन्द केसी समर्थक युवाद्वारा माइतीघरमा प्रदर्शन
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, जेठ २७ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी समर्थक युवाहरुले आज (बिहीबार) दिउँसो  माइतीघर मण्डलमा नाराबाजी र प्रदर्शन गरेका छन्।

निषेधाज्ञाको पर्वाह नगरी ‘ओलीको मिसन, सिटामोलमा कमिसन’,  ‘चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’, ‘संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं’ ‘ओलीको डर्टी गेम जनतामा मारा मार्सी प्रेम’, चोर बाटोबाट सम्बन्धन दिन काम बन्द गर, कानुन मिच्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए।

उनीहरूकोले त्यहाँ धेरै बेर प्रदर्शन गर्न भने पाएनन्। प्रदर्शन थालेको केही बेरमै प्रहरीले सबै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। 

हाल यमनमा रहेका डा. केसीले बिहीबार एक mविज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडानविपरीत सम्बन्धन प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। 

उनले विज्ञप्तिमार्फत आयोगका सदस्यहरूलाई पनि चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर निर्णय प्रक्रियामा सामेल नहुन अनुरोध गरेका छन्।

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्