Kathmandu Press

मुम्बईमा घर भत्किँदा ११ जनाको मृत्यु 

नयाँ दिल्ली, जेठ २७ : भारतको मुम्बई शहरमा घर भत्किदाँ ११ जनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन्। मुम्बईको मलाड...
मुम्बईमा घर भत्किँदा ११ जनाको मृत्यु 

नयाँ दिल्ली, जेठ २७ : भारतको मुम्बई शहरमा घर भत्किदाँ ११ जनाको मृत्यु भएको छ । सो घटनामा सात जना घाइते भएका छन्। 

मुम्बईको मलाड क्षेत्रमा दुई तले घर भत्किइ अर्को घरमाथि खस्दाँ ११ जनाको मृत्यु भएको हो। 

घटनामा परेकालाई उद्धार गर्न प्रहरी परिचालन गरिएको मुम्बई प्रहरी प्रमुखले बताएका छन्। 

घटनामा १८ जनाको उद्धार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्। 

महाराष्ट्र राज्यका मन्त्री अस्लम सेखले घटनाको कारण पत्ता लगाउन प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएका छन्।
 
‘वर्षाका कारण भवनहरू भत्किएका हुन सक्छ । उद्धार कार्य भइरहेको छ । घाइतेलाई अस्पतालमा लगिएको छ । अरु मानिसहरु घटनामा परेका छन् कि भनी उद्धार टालीले खोजी गरिरहेको छ,’ मन्त्री शेखले भने। 

आधिकारिकहरूले वर्षाको कारण मलाड क्षेत्रमा रहेको अन्य जीर्ण भवनहरू भत्किन सक्ने भन्दै खाली गराएको र शहरलाई उच्च सतर्कतामा राखिएको बताएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्