Kathmandu Press

सैन्य सरकारले सुकीमाथि लगायो थप भ्रष्टाचार मुद्दा

सैन्य सरकारले सुकीमाथि लगायो थप भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २७ : म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीमाथि थप भ्रष्टचारको मुद्दा दायर गरेको छ।

बुधबार सैन्य सरकारले सुकीमाथि थप भ्रष्टचारको मुद्दा दायर गरेको हो । गत फेबु्रवरी १मा म्यामारमा सैन्य ‘कू’ लागु भएपछि सुकीलाई सत्ताबाट हटाई सेनाले हिरासतमा लिई भ्रष्टचारको आरोप लगाएको थियो।

उक्त मुद्दाको सुनुवाई हुन अघि सैन्य सरकारले थप भ्रष्टचारको मुद्दा दायर गरेको छ । राज्यद्वारा सञ्चालित ग्लोबल न्यू लाइट पत्रिकाले सुकीले संचालन गरेको परोपकार संस्था डाव किन्न किईमाथि एन्टी करप्सन कमिसनले गरेको अनुसन्धानमा सुकीले भ्रष्टचार गरेको पाइएपछि थप भ्रष्टचारको मुद्दा दायर गरिएको बताएको छ। 

‘उनले आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको प्रमाण फेला परेको छ,’ न्यू लाइट पत्रिकाले भन्यो, ‘त्यसकारण उनीमाथि भ्रष्टाचारविरुद्ध कानुनको धारा ५५ अन्तर्गत अभियोग लगाइएको छ।’ 

एन्टी करप्सन कमिसनले ७५ वर्षीया सुकीले यङगुन क्षेत्रका पूर्वमुख्यमन्त्रीबाट ६ लाख डलरका साथै सुन लिएको र परोपकार संस्थाका लागि धेरै जग्गा र सम्पत्ति लिजमा लिई गलत काम गरेको आरोप लगाएको छ।

सुकीमाथि लगाइएको भष्टचारको मुद्दा आगामी सोमबार सुनुवाई हुँदै छ । म्यानमारमा सैन्य ‘कू’ को विरोध प्रदर्शनमा हालसम्म आठ सय ५० भन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्