Kathmandu Press

दक्षिण कोरियामा निमार्णाधीन घर भत्किँदा नौको मृत्यु

सोल, जेठ २७ : दक्षिण कोरियामा एक निमार्णाधीन घर भत्किँदा नौ जनाको मृत्यु भएको छ । सो घटनामा आठ जना गम्भीरर घाइते भएका...
दक्षिण कोरियामा निमार्णाधीन घर भत्किँदा नौको मृत्यु

सोल, जेठ २७ : दक्षिण कोरियामा एक निमार्णाधीन घर भत्किँदा नौ जनाको मृत्यु भएको छ । सो घटनामा आठ जना गम्भीरर घाइते भएका छन्।

ग्वाङजु शहरमा निमार्णधीन पाँच तले घर बुधबार भत्किएको थियो । सो भवनले रोकिएको यात्रु बस पुरिँदा सो दुर्घटना भएको हो।

सो बसमा १७ जना यात्रु रहेको बताइएको छ। घर भत्किँदा कामदार भने नरहेकाले ठूलो मावनीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

उद्धार कार्यको लागि अग्नि नियन्त्रण टोली र प्रहरी परिचालन गरिएको थियो। घटनाको कारण पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्