Kathmandu Press

निषेधाज्ञामा पनि लैंगिक हिंसा घटेन

काठमाडौं, जेठ २७ : अहिले नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा चलिरहेको छ । तर, निषेधाज्ञाकै समयमा पनि लैंगिक हिंसाका घटनामा भने कुनै कमी आएको...
निषेधाज्ञामा पनि लैंगिक हिंसा घटेन

काठमाडौं, जेठ २७ : अहिले नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा चलिरहेको छ । तर, निषेधाज्ञाकै समयमा पनि लैंगिक हिंसाका घटनामा भने कुनै कमी आएको छैन ।

पछिल्लो एक महिनाको समयमा देशभर २०० लैंगिक हिंसाका घटना घटेका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालक अनुसार ती घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् ।

केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए । केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना घटेका छन् ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको  केन्द्रले जनाएको छ ।

गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: १०:२२ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्