Kathmandu Press

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

काठमाडौं, जेठ २७ : बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा काठमाडौंको सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। च्वाइस...
सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

काठमाडौं, जेठ २७ : बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा काठमाडौंको सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। 

च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी बाग्मती सरकारले दिएको दुई करोडमा एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको बाग्मती प्रदेश सभा सदस्य श्रेष्ठले बताए।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए। नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ छ। 

कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्