प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
जनकपुर, जेठ २७ : प्रदेश २ सरकारले आज आगिमी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको छ। आज दिउसो ३ बजे प्रदेश सभा...
जनकपुर, जेठ २७ : प्रदेश २ सरकारले आज आगिमी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको छ।
आज दिउसो ३ बजे प्रदेश सभा बैठक बस्दै छ। बैठकमा प्रदेश प्रमुख राजेश झाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आ–आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरिएको छ।
बुधबार मात्रै प्रदेश सभा सरकारमा कांग्रेसका तीन मन्त्री थपिएका थिए। अब नेकपा (माओवादी केन्द्र) पनि सरकारमा आउने जनाइएको छ।
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











