Kathmandu Press

सुन अहिलेसम्मकै महंगो, एक महिनामा प्रतितोला ६ हजारले वृद्धि

काठमाडौं, असार १० : केही दिनदेखि लगातार बढ्दै गएको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबारको नयाँ मूल्यअनुसार ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ।....

सुन अहिलेसम्मकै महंगो, एक महिनामा प्रतितोला ६ हजारले वृद्धि

काठमाडौं, असार १० : केही दिनदेखि लगातार बढ्दै गएको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबारको नयाँ मूल्यअनुसार ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ।

यो अहिलेसम्मकै उच्च मूल्य हो। सुनको मूल्य एक महिनायाता तोलामा ६ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार, सोमबार तोलाको ६५ हजार रुपैयाँ रहेको सुन मंगलबार पाँच सय रुपैयाँ बढको हो।

असार ५ गते सुनको मूल्यमा ६४ हजार रुपैयाँको इतिहासकै नयाँ रेकर्ड कायम भएको थियो । असार ६ गते तोलामा एक हजार रुपैयाँ बढ्दै ६५ हजार रुपैयाँ कायम भएको थियो। तीन दिनसम्म निरन्तर ६५ हजार रुपैयाँमै कारोबार भइरहेको सुन आज तोलामा पाँच सय रुपैयाँ बढेर नयाँ रेर्कड कायम भएको हो।

जेठ १५ गतेभन्दा अगाडी सुनको मूल्य ६१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। असार १० सम्ममा तोलामा ६ हजार रुपैयाँ बढेको छ। महासंघका अनुसार अमेरिका र चीनको व्यापार युद्धले विश्व बजारमा सुनको मूल्य बढेको हो।

व्यापारिक झगडाले डलरको भाउ घट्ने देखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा विश्व बजारमा सुनको मूल्य बढेको महासंघको भनाइ छ।

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, असार १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्