सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
धनगढी, जेठ २७ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको छ। आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक...
धनगढी, जेठ २७ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याउन लागेको छ।
आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बस्दै छ। प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ।
असार १ गते प्रदेश सकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिन अघि नीति तथा कार्यक्रम पेश गर्नुपर्छ। तर, यस वर्ष कोरोना भाइरसको महामारीका कारण यो समय छोट्याइएको छ।
यसअघि बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत लिएका थिए। नेकपा (एमाले) माधवकुमार नेपाल पक्षको सहयोगमा उनले विश्वासको मत प्राप्त गरेका थिए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो।
प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











