Kathmandu Press

गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु 

गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु 

काठमाडौं, जेठ २६ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने ६६३ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये दिएको जानकारी अनुसार नवलपरासी पूर्वका तीन जना,  म्याग्दी, तनहुँ र कास्कीमा दुई, दुई जना र पर्वतमा एक जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

Hardik ivf

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९९ जना पुगेको उनले बताए । यसै गरी गण्डकीमा पछिल्लो २४ घण्टामा ३३२ जना महिला र ३३१ जना पुरुष कोरोना संक्रमित भएका छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा १७ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । बुधवार निको भएका संक्रमितको यो सङ्ख्या प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै हो ।

यो सँगै गण्डकीमा सक्रिय संक्रमितको सङ्ख्या ६८ सय २० जना रहेको छ ।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्