Kathmandu Press

शाहिदको ‘कबीर सिंह’ले कमायो तीन दिनमा ७० करोड

काठमाडौं, असार १० : बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘कबीर सिंह’को कथामा खासै नयाँपन छैन। महिलाले उनको फिल्मभित्रको आक्रोशित र टिपिकल पुरु....

शाहिदको ‘कबीर सिंह’ले कमायो तीन दिनमा ७० करोड

काठमाडौं, असार १० : बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘कबीर सिंह’को कथामा खासै नयाँपन छैन। महिलाले उनको फिल्मभित्रको आक्रोशित र टिपिकल पुरुषप्रधान अवधारणालाई मन पराएका छैनन्।

यसका बाबजुद पनि शाहिदको अभिनय र भर्साटालिटीलाई भने ‘कबीर सिंह’मा निकै प्रशंसा गरिएको छ।

यसले २०.२१ करोड भारतीय रुपैयाँ ओपनिग कलेक्सन गरेको थियो। तेस्रो दिनसम्म ७०.८३ करोड भारतीय रुपैयाँ कमाएको छ। फिल्मको कमाइमा वृद्घि पनि भइरहेको छ।

शाहिदको सोलो एक्टरमा खेलेको अहिलेसम्मकै सबैभन्दा राम्रो कमाई गर्ने फिल्म ‘कबीर सिंह’ बनेको छ।

यस अघि सन् २०१३ मा रिलिज भएको ‘आर राजकुमार’ले लाइफटाइम कलेक्सन ६६ करोड थियो। यो उनको सबैभन्दा धेरै कमाउने फिल्म थियो।

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्