Kathmandu Press

अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री भक्तपुर आइपुग्यो

काठमाडौं, जेठ २६ : ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री  भक्तपुर आइपुगेको छ। भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा स्थापना गर्ने उक्त प्लान्ट बुधबार...
अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री भक्तपुर आइपुग्यो

काठमाडौं, जेठ २६ : ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री  बुधबार भक्तपुर आइपुगेको छ। 

भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा स्थापना गर्न लागेको छ। त्यसका लागि आवशयक सामम्री आउने प्रतीक्षा भइरहेको थियो।

चीनको छेन्दुबाट काठमाडौं आएको विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको भक्तपुर नगरपालिकाले जनाएको छ। 

सातवटा बाकसमा ल्याइएका सामग्री अहिले निर्माणाधीन ख्वप अस्पतालको भवन च्याम्हासिंहमा राखिएको छ।

प्रकाशित मिति: १६:१० बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्