माइकल ज्याकसनको नाममा मृत्युपछि पनि अर्बौंको कमाइ
काठमाडौं, असार १० : किङ अफ पप माइकल ज्याकसन यो संसारबाट बिदा भएको आज १० वर्ष भएको छ।
सन् २००९ जुन २५ को दिन माइकल ज्याकसनका संसारभरिका फ्यान....

काठमाडौं, असार १० : किङ अफ पप माइकल ज्याकसन यो संसारबाट बिदा भएको आज १० वर्ष भएको छ।
सन् २००९ जुन २५ को दिन माइकल ज्याकसनका संसारभरिका फ्यानको लागि दुखको दिन थियो। र आज पनि उनका प्रशंसक आजको दिनमा उनलाई सम्झने गर्छन्।
ज्याकसनको लस एन्जलसस्थित आफनै घरमा हृदयघातका कारण मृत्यु भएको थियो।
उनले थुप्रै अवार्ड पाएका छन्। ‘रक एंड रोल हल अफ फेम’ अर्वाडबाट सम्मानित भएका उनी एक मात्र गायक हुन्। ज्याक्सनलाई २६ वटा अमेरिकन म्युजिक अर्वाडबाट सम्मानित गरिएको छ।
ज्याकसन यो संसारमा नभएपनि उनको नामबाट भने अर्बौं कमाइ भइरहेको छ।
सन् २०१८ मा उनको नाममा २८.४० अर्बभन्दा धेरै कमाइ भएको थियो।
उनको पुराना एल्बम र कारोबारको सम्झौता अनुरुप हरेक वर्ष ज्याकसनको नाममा अर्बौं कमाई हुँदै आएको जनाएको छ।
फोब्स म्यागजिनको लिस्टमा पछिल्लो ६ वर्षदेखि ज्याकसन टपमा छन्। दोस्रो नम्बरमा सन् २०१८ मा मृत्यु भएका गायक एल्भिस प्रस्ले छन्।
नाम सँगसँगै ज्याकसनले बदनामी पनि कमाएका छन्। सन् २००५ मा उनकै दुई भान्जीले यौनशोषणको आरोप लगाएका थिए। तर, पछि उनी निर्दोष सावित भए।












