Kathmandu Press

झापामा करेन्ट लागेर बालकको मृत्यु

झापा, जेठ २६ : बिर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा आज (बुधबार) बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन...
झापामा करेन्ट लागेर बालकको मृत्यु
Hardik ivf

झापा, जेठ २६ : बिर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा आज (बुधबार) बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो। घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। 

६ दिनअघि मात्र कचनकवल गाउँपालिका-६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो। 

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्