गण्डकी विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुख पौडेलसँग भेट
पोखरा, जेठ २६ : गण्डकी प्रदेशको विपक्षी गठबन्धनका सांसदहरूले आज (बुधबार) प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेका छन्। पहिलेजसरी फेरि पनि फर्जी वित्रप्ति आउन सक्ने...
पोखरा, जेठ २६ : गण्डकी प्रदेशको विपक्षी गठबन्धनका सांसदहरूले आज (बुधबार) प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेका छन्।
पहिलेजसरी फेरि पनि फर्जी विज्ञप्ति आउन सक्ने भन्दै त्यसबारे ध्यानाकर्षण गराउन कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) का सांसदले प्रदेश प्रमुख पौडेललाई भेट गरेको कांग्रेसका एक नेताले बताए।
यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गरेको थियो.। तर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्ति आएपछि त्यसैलाई आधार मानेर प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त नगरेको परुति पनि उनीहरूले ध्यानाकर्षण गराएको जनाइएको छ।
संघीय राजनीतिमा हलचलको असर प्रदेशमा पनिदेखिन थाल्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए। त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली माओवादी केन्द्र, जनमोर्चा, जसपाको संसदीय दलका नेताको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
पछि विश्वासको मत लिने बेलामा जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले छुट्टछुट्टै निकालेर तटस्थ रहेको उल्लेख गरेपछि प्रदेश प्रमुख पौडेलले संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको नेताको हैसियतमा गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।











