बुहारीलाई बचाउन आमाले हानिन् छोरालाई गोली
काठमाडौं, असार १० : बुहारीलाई बचाउन एक आमाले आफ्नै छोरामाथि गोली हानेकी छन्। उनले छोराको हातबाट पेस्तोल खोसेर गोली हानेकी हुन्।
भारतको पश्चि....

काठमाडौं, असार १० : बुहारीलाई बचाउन एक आमाले आफ्नै छोरामाथि गोली हानेकी छन्। उनले छोराको हातबाट पेस्तोल खोसेर गोली हानेकी हुन्।
भारतको पश्चिम बंगालस्थित हावडा जिल्लाको सालिका कस्बे गाउँकी ६० वर्षीया रेनु शर्माले ३१ वर्षीय छोरा मनोजमाथि गोली हानेकी हुन्। रेनुले बुहारी देवीलाई बचाउन छोरामाथि गोली हानेको बयान दिएकी छन्।
पश्चिम बंगाल प्रहरीका अनुसार, मनोज ट्रक तथा ट्याक्सी चलाउने गरेका थिए। उनले दुइटा पेस्तोल राखेका थिए। राति ट्रक चलाउनु पर्ने भएकाले आत्म सुरक्षाका लागि पेस्तोल राखेको उलने बताएका छन्।
तर, राति रक्सी पिएर आउने मनोजले पत्नी देवीसँग झैझगडा गर्दै आएका थिए। उनी रक्सीको नसामा कुटपिट समेत गर्थे। दिनदिनै राति कुटपिट गर्ने गरेको देवीले बताएकी छन्।
कुटपिट गर्दा रेनुले छुटाउने गरेकी थिइन्। मनोजले आफ्नी आमा रेनुलाई समेत कुटपिट गर्थे।
कहिले काँही आमा र पत्नीलाई पेस्तोल देखाउदै गोली हान्ने धक्की समेत दिने गरेको देवीले बताइन्। ‘दुवैलाई मारिदिन्छु भन्दै पेस्तोल ताक्ने गरेको थियो,’ देवीले भनेकी छन्, ‘हिजो पनि राति पेस्तोल तोकेको थियो। पेस्तोल कञ्चडमा लगाएपछि आमाले खोस्नु भयो।’
रेनुले मनोजसँग भएको अर्को पेस्तोल खोसेर गोली हानेकी हुन्। देवीलाई मार्न खोजेपछि बचाउन छोराको हातबाट पेस्ताल खोसेर गोली हानेको रेनुले बताएकी छन्।
भारतीय मिडियाका अनुसार, प्रहरीले यसमा अनुसन्धान भइरहेको जनाएको छ। गोली हान्ने रेनुलाई नियन्त्रणमा लिएको छ भने घाइते मनोजलाई अस्पताल भर्ना गरिएको छ। मनोजको उपचार भइरहेको जनाएको छ।












