Kathmandu Press

फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमा चड्कन

काठमाडौं, जेठ २६ : फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थालमै चड्कन हानेका छन्।मुलुकको दक्षिण पूर्वी क्षेत्रमा भ्रमणमा रहेका बेला बाटामा उभिएका...
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमा चड्कन

काठमाडौं, जेठ २६ : फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थालमै चड्कन हानेका छन्।

मुलुकको दक्षिण पूर्वी क्षेत्रमा भ्रमणमा रहेका बेला बाटामा उभिएका नागरिकहरूसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले आएर राष्ट्रपति म्याक्रोनलाई झापड हानेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

Hardik ivf

घटनालगत्तै म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरलिे दुईजनालाई पक्राउ गरेको जनाइएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर एक व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख गरेको छ। म्याक्रोनले त्यसलाई एक असामान्य घटना भएको प्रतिक्रिया दिएका छन्।

अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिन नहुने धारणा उनले राखेका छन्। सो घटनालाई लिएर राजनीतिक वातावरण बिग्रिरहेको भन्नु गलत रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, जेठ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्