Kathmandu Press

मेलबर्नमा हटाइँदै लकडाउन 

क्यानबेरा, जेठ २६ : कोरोनाभाइरस संक्रमणको दर कम हुँदै गएको भन्दै अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा लकडाउन हटाइने तयारी भइरेहको छ। भिक्टोरिया राज्यको...
मेलबर्नमा हटाइँदै लकडाउन 

क्यानबेरा, जेठ २६ : कोरोनाभाइरस संक्रमणको दर कम हुँदै गएको भन्दै अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा लकडाउन हटाइने तयारी भइरेहको छ। 

भिक्टोरिया राज्यको मेलबर्न शहरका मेयर पल अल्फ्रेले बिहिबार राती १२ बजे पछि लकडाउन हटाइने निर्णय गरिएको बताएका छन्। लकडाउन हटाइए पनि यात्रा गर्न र सामुहिक भेला हुन भने अर्को सातासम्मलाई प्रतिबन्ध हुने  मेयर अल्फ्रेले बताएका छन्।

Hardik ivf

मेलर्बन शहरमा दुई साताको लागि कडा लकडाउन जारी छ। मेलबर्नको लकडाउन बिहिबार राती १२ बजे सकिदै छ। लकडाउन खुले पनि मानिसहरु आफ्नो घरबाट २५ किलोमिटर (१५ माईल) को दुरीभित्र आवतजावत गर्नुपर्ने नियम लागु भएको अधिकारीहरूले बताएका छन्।

त्यस्तै घरमा भेला हनमा प्रतिबन्ध लगाइएको छ भने माक्स अनिवार्य रुपमा लगाउँनुपर्नेछ।

‘यो खुशीको कुरो हो,’ भिक्टोरिया राज्यका कार्यवाहक मुख्य मन्त्री जेम्स मर्लिनोले भने, ‘तर हामीलाई थाहा छ, भाइरसको संक्रमण निर्मुल भएको छैन् र भिक्टोरिया राज्य र देशभरि व्यापक खोप अभियान नचलेसम्म हामीले गम्भिरताका साथ नियम पालना गर्नुपर्ने हुन्छ।’

भिक्टारिया राज्यले हालसम्म चौथेपटक लकडाउन लगाएको छ।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, जेठ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्