Kathmandu Press

भारतले तोक्यो खोपको मुल्य

नयाँ दिल्ली, जेठ २६ : भारत सरकारले कोरोना भाइरसविरुद्धको खोपको मूल्य तोकेको छ।  सरकारले मंगलबार खोप लगाउँदा मानिसहरुले तिर्नुपर्ने मूल्य तोकेको हो। सरकारले कोभिसिल्ड खोपको...
भारतले तोक्यो खोपको मुल्य

नयाँ दिल्ली, जेठ २६ : भारत सरकारले कोरोना भाइरसविरुद्धको खोपको मूल्य तोकेको छ।  सरकारले मंगलबार खोप लगाउँदा मानिसहरुले तिर्नुपर्ने मूल्य तोकेको हो। 

सरकारले कोभिसिल्ड खोपको अधिकतम मूल्य सात सय ८० रुपैयाँ निधारण गरेको छ भने कोभ्याक्स खोपको मूल्य एक हजार चार सय दश रुपैयाँ तोकेको छ।

त्यस्तै, रुसी कम्पनीद्धारा निर्मित स्पुतनिक खापको अधिकतम मूल्य एक हजार एक सय ४५ रुपैयाँ तोकेको छ। 

केन्द्रिय स्वास्थ्य मन्त्रालयले अस्पतालले प्रति खोपको मूल्य बाहेक अतिरिक्त सेवा शुल्क बापत एक सय पचास रुपैयाँ र पाँच प्रतिसत जिएसटी लिन सक्ने बताएको छन्। 

सरकारले लागू गरेको खोपको मूल्य पूर्ण रुपमा सुनिश्चित गर्ने जिम्मा राज्य सरकारहरूलाई दिएको मन्त्रालयले बताएको छ। 

भारतमा हालसम्म २३ करोड मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ भने चार करोड ५० लाख मानिसहरुलाई पूर्ण खोप लगाइएको छ । 

सरकारले भारतमा कोभ्याक्स, कोभिसिल्ड र रुसी खोप स्पुतनिक लगाउने अनुमती दिएको छ । 

प्रकाशित मिति: ११:३७ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्