Kathmandu Press

कोरोना अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

वीरेन्द्रनगर, जेठ २६ : नेपाल रेडक्रस सोसाइटीले सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। रेडक्रसको तर्फबाट जिल्ला कोभिड विपद...
कोरोना अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

वीरेन्द्रनगर, जेठ २६ : नेपाल रेडक्रस सोसाइटीले सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

रेडक्रसको तर्फबाट जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। कार्यक्रममा रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्य पनि उपस्थित रहेका थिए।

नगर कोभिड अस्पताललाई १० वटा बेड, १० वटा अक्सिमिटर, मास्क, सोलार बत्तीलगायत समान प्रदान गरिएको सभापति आचार्यले बताए। 
 

प्रकाशित मिति: ०६:४२ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्