देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं, जेठ २५ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका-७ टारीस्थित सडकमा प्रदेश १-०१-००१ च...
काठमाडौं, जेठ २५ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका-७ टारीस्थित सडकमा प्रदेश १-०१-००१ च ७६९१ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा गाडी चालक ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका २ चम्बु बस्ने ३२ वर्षीय मिलन श्रेष्ठ र गाडीमा सवार सोही ठाउँ बस्ने २५ वर्षीया सीता अधिकारी रहेका छन् ।
यस्तै, कास्की, पोखरा महानगरपालिका १८ मेथलाङमा ग.१ क ३१८७ नम्बरको सिमेन्ट घोल्ने मिक्सचर अनियन्त्रित भई सडकको नालीमा पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा मिक्सचरका सहचालक सोही महानरगपालिका १४ चाउथे बस्ने २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको छ ।
यता, चितवन, कालिका नगरपालिका ९ सुनखानीस्थित भित्री सडकमा ना. ३६ प २१९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईच्छाकामना गाउँपालिका २ बस्ने ६० वर्षीया हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको छ ।











