Kathmandu Press

जिपी कोईराला फाउन्डेशन अमेरिकाद्धारा न्युयोर्कमा वृहत भेटघाट कार्यक्रम 

काठमाडौं, जेठ २५ : गिरीजा प्रसाद कोईराला (जिपी) फाउन्डेशन अमेरिकाको कार्यालय न्युयोर्कमा भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।प्रोफेसर रूचीरा गुप्ता लाई...
जिपी कोईराला फाउन्डेशन अमेरिकाद्धारा न्युयोर्कमा वृहत भेटघाट कार्यक्रम 

काठमाडौं, जेठ २५ : गिरीजा प्रसाद कोईराला (जिपी) फाउन्डेशन अमेरिकाको कार्यालय न्युयोर्कमा भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

प्रोफेसर रूचीरा गुप्ता लाई गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले कार्यालयमा स्वागत गरेका थिए । भारतको विहार फरवेसगंज घर भै एक उच्च राजनैतिक घरानामा हुर्केकी रूचीराले वाल्यकालवाटै उनले परिवारको नेपाल र नेपाली काँग्रेस पार्टीका  नेताहरूसँग घनिष्ठ सम्बन्ध रहेको कुरा प्रष्ट्याईन् ।

 उनले स्वर्गीय विपी कोईराला, कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, मंगलादेवी सिंह, चक्र वास्तोला, दुर्गा सुवेदी लगायत नेताहरू लामो समयसम्म आफ्नो घरमा आउजाउ गरेको, राणाकाल र पंचायतकालमा आफ्नो घर विहारको फार्वेसगंज नै नेपाली कांग्रेसको सम्पर्क कार्यालय भएको समेत स्मरण गरिन् ।

हाल उनी अमेरीकाको प्रतिष्ठित युनिभर्सिटी न्युयोर्क युनिभर्सिट्को प्राध्यापक समेत छिन् । आफ्नो जीवनकालमा वीसौं वर्ष मानवाधिकार र समनताका लागी लडीरहेको  पनि उनको भनाइ थियो । आफुले दर्जनौंपटक नेपाल घुमेको, नेपाली राजनीतिज्ञसँग संगत गरेको,कोईराला खान्दान लगायत नेपाली काँग्रेसका उच्चस्तरीय नेताहरूसँग लामो उठवस गरेको र नेपाल आफ्नै घर सम्झेको मीठो अनुभुती समेत उनले साटिन् ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमिरेले उहाँजस्तो ज्युँदो इतिहासलाई कार्यालयमा स्वागत गर्नपाउँदा आफु गौरवान्वित भएको र आगामी दिनहरूमा  उहाँको सुझाव,अनुभव र विद्दताको खाँचो आफुलाई भएको वताए । कार्यक्रममा फाउन्डेशनका  केन्द्रीय सदस्य सुर्य सिंखडा, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुँवर क्षेत्री र आमन्त्रित केन्द्रीय सदस्य अम्वीर जोसी एवं सदस्यहरू जीवन गुरूंग र लोकेन्द्र कार्कीले उहाँलाई भेटन पाउनु आफुहरूको अहोभाग्य भएको र अनुभव सुन्न पाउँदा अत्यन्त उत्साहित भएको वताएका थिए ।  

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्