विश्वभरका ठूला न्यूज पोर्टलहरु ५० मिनेट डाउन भएर खुले
काठमाडौं, जेठ २५ : विश्वभारका विभिन्न ठूला न्यूज पोर्टलहरु ५० मिनेट डाउन भएर पुन सुरु भएका छन्। मंगलबार दिउँसो ३ः४५मा फाइनेन्सियल टाइम्स, द न्यूयोर्क टाइम्स,...
काठमाडौं, जेठ २५ : विश्वभारका विभिन्न ठूला न्यूज पोर्टलहरु ५० मिनेट डाउन भएर पुन सुरु भएका छन्।
मंगलबार दिउँसो ३ः४५मा फाइनेन्सियल टाइम्स, द न्यूयोर्क टाइम्स, ब्लुमबर्ग, सिएनएन, फ्रान्स ले मोन्डे र अलजजिरा लतायतका न्यूज पोर्टल डाउन भएका थिए । त्यस्तै, अमेजन डटकममा पनि समस्या देखा परेको थियो।
बेलायतको द गार्जियन न्यूज पोर्टलले आफ्नो वेबसाइट र एप्स प्रभावित भएको बताएको छ। केही अन्य बेलायती न्यूज पोर्टलका साइटमा पनि समस्या देखापरेको थियो।
बेलायत सरकारको मुख्य वेबसाइट पनि अनुपलब्ध थियो।
के कारणले विश्वभरका ठूला न्यूज पोर्टलमा समस्या आएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











