Kathmandu Press

पिकअप दुर्घटनामा दुई जनाको मृत्यु

पाँचथर, जेठ २५ : मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र...
पिकअप दुर्घटनामा दुई जनाको मृत्यु

पाँचथर, जेठ २५ : मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन्। थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। 
 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्