पोखराका विपन्न परिवारलाई राहत वितरण

काठमाडौं, जेठ २५ : युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा पोखरा महानगरपालिका वडा २३ मा विपन्न परिवारलाई राहत वितरण गरिएको छ।
वहिनी एडुकेयर फ़ाउन्डेशनको सहयोगमा आर्थिक रुपमा विपन्न १ सय घरपरिवारलाई राहत दिईएको हो । फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारका अनुसार पोखरा–२३, का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, ४ वटा हात धुने सावुन र १५ वटा मास्क वितरण गरिएको थियो ।

सिद्ध वराह माविका अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुली सहितको सहयोगमा वडावासी विपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो । कतिपय छुटेको थप त्यस्तो परिवार पहिचान गरि पछि पनि सहयोग गरिने वचन फ़ाउन्डेशनका कार्यकारी निर्देशक परियारले दिएका छन् ।
प्रकाशित मिति: १४:०० बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












