Kathmandu Press

सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक

सिरिया, जेठ २५ : सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ। ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा...
सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक

सिरिया, जेठ २५ : सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ। ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरुको पनि उपलब्धता हुन सकेको छैन।

संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सो कुराको जानकारी दिएका छन्। उनीहरुका अनुसार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको छ।

Hardik ivf

ती नागिरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ। त्यसैले उनीहरु खाना र बासकै समस्यामा परेका छन् । ती क्षेत्र बढी मात्रामा द्धन्द्धग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ। यो महामारीबाट बच्ने उपाहरुका बारेमा यहाँका अधिकारीहरुले परामर्श पनि दिन नसकेका र सहायता पु¥याउन नसकेका बताइएको छ। 

सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्। समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएका थिए । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ। यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन्।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउन बाध्य भएका छन् ।
 

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, जेठ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्