अस्ट्रेलियामा एप्सका माध्यमबाट अपराधमा संलगन दुई सय बढी पक्राउ
क्यानबेरा, जेठ २५ : अस्ट्रेलियामा लागुऔषध कारोबारमा संलग्न दुई सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध ओसारपसार, हत्याको योजना र फिरौतीमा संग्लन रहेको...
क्यानबेरा, जेठ २५ : अस्ट्रेलियामा लागुऔषध कारोबारमा संलग्न दुई सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध ओसारपसार, हत्याको योजना र फिरौतीमा संग्लन रहेको ओरोपमा प्रहरीले सोमबार दुई सय भन्दा बढीलाई पक्राउ गरेको हो।
प्रहरीले म्यासेजिङ एप्सको प्रयोग गरी दुई करोड ५० लाख म्यासेजलाई इन्कोड गरेको थियो । जसमा दुई सयभन्दा बढी मानिसहरु लागुऔषध ओसारपसार, हत्याको योजना, फिरौतीजस्ता कार्यमा संग्लन रहेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरी प्रवत्ताले अष्ट्रेलियाली प्रहरी र अमेरिकी एफबिआईले सन् २०१८मा सुरू गरेको संयुक्त अपरेसनले अष्ट्रेलिया, एसिया, दक्षिण अमेरिका र मध्यपूर्वमा लागूऔषध व्यपारमा संग्लन रहेका माफिया अपराधी गिरोहमाथि नजर राखिरहेको बताएका छन्।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस अभियानले संगठित अपराधविरूद्ध ठूलो कदम चालेको र यो कदमले अस्ट्रेलियालाई मात्र नभई विश्वभरका संगठित अपराधीक गिरोहलाई चेतावनी दिएको बताएका छन्।
अष्ट्रेलियाले अन्य मुलुकमा कति जना पक्राउ ग¥यो भन्ने बारेमा कुनै विवरण भने दिएको छैन । यसका बारेमा जानकारी दिन इन्टरपोल र एफबिआईले मंगलबार संयुत्त रुपमा पत्रकार सम्मेलन गर्ने बताइएको छ।












