स्थगित भयाे हाइटीमा जनमत संग्रह
पोर्ट औ प्रिन्स, जेठ २५ : उत्तरी अमेरिकी मुलुक हाइटीमा जुन २७मा हुने भनिएको संवैधानिक जनमत संग्रह स्थगित भएको छ। कोरोनाभाइरस महामारीको कारण...
पोर्ट औ प्रिन्स, जेठ २५ : उत्तरी अमेरिकी मुलुक हाइटीमा जुन २७मा हुने भनिएको संवैधानिक जनमत संग्रह स्थगित भएको छ। कोरोनाभाइरस महामारीको कारण हाइटीले २७ जुनमा हुने संवैधानिक जनमत संग्रह सोमबार स्थगित गरेको हो।
हाइटीमा विधायिका र स्थानीय चुनावको अतिरिक्त नयाँ संविधान बन्नु पर्छ या पर्दैन भन्ने विषयमा जनमत संग्रह हुन लागेको थियो। जनमत संग्रह स्थगित भएपनि नयाँ मिति भने तोएिको छैन।
राष्ट्रपति जोनेल मोइसेलेको कार्यकाल सन् २०१८मा सकिएको थियो । तर २०१८मा निर्वाचन गर्न ढिलाई भएपछि अदालतले उनलाई पुन राष्ट्रपतिको कार्यभारमा दोहोराउने निर्णय गरेको थियो।
स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको कहरबिच जनमत संग्रह संचालन गर्दा मुलुकमा अझ भयावह अवस्था सृजना हुन सक्ने बताएपछि हाललाई जनमत संग्रह स्थागित गरिएको हो।
कोरोनाभाइरस संक्रमणमा उच्च वद्धि भएपछि हाइटीमा गत २४ मेबाट स्वास्थ्य आपतकाल घोषणा गरिएको छ ।












