Kathmandu Press

भारतको रासायनिक प्रशोधन केन्द्रमा आगलागी, १८ जनाको मृत्यु 

भारतको रासायनिक प्रशोधन केन्द्रमा आगलागी, १८ जनाको मृत्यु 

नयाँ दिल्ली, जेठ २५ : भारतको एक रासायनिक प्रशोधन केन्द्रमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ। 

महाराष्ट्र राज्यको पुनेबाट १६ किलोमिटर टाढा रहेको एसभी एक्वा टेक्नोलोजी रासायनिक प्रसोधन केन्द्रमा सोमबार आगलागी हुँदा १८ जनाको मृत्यु भएको हो। 

आगलागी हुँदा ३७ जना कामदारभित्र काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन्। 

आगलागी नियन्त्रण र उद्धार कार्यका लागि अग्नी नियन्त्रक टोलीलाई परिचालन गरिएको अधिकारीहरुले बताएका छन् । टोलीले १९ जनाको उद्धार गरेका थिए। 

प्रशोधन केन्द्रमा कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

एसभी एक्वा टेक्नोलोजी क्लोरिन डाइअक्साइड उत्पादन गर्ने रसायनिक प्रसोधन केन्द्र हो जो सामान्यतया पानी प्रसोधन गर्न प्रयोग गरिन्छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति शोक व्यक्त गरेका छन् भने मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । त्यस्तै, घटनामा घाइते भएकालाई क्षतिपूर्तिको रूपमा ६ सय ९० डलर दिने घोषणा गरेका छन्। 

महाराष्ट्र सरकारले पनि पीडित परिवारलाई ६ हजार आठ सय डलर क्षतिपूर्ति दिने घोषणा गरेको छ। 

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्