Kathmandu Press

जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, जेठ २५ : जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।परराष्ट्र मन्त्रालयका अनुसार जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, जेठ २५ : जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको छ।  

विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो।

केही सामग्रीहरू अझै आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


 

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्