Kathmandu Press

‘लैबरी सिङगिङ स्टार’ सिजन–४ को अडिसन सुरू

काठमाडौं, असार ९ : ‘लैबरी सिङगिङ स्टार’ को सिजन ४ अडिसन सुरू भएको छ। बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको चर्चित रियालिटी शो ‘लै....

‘लैबरी सिङगिङ स्टार’ सिजन–४ को अडिसन सुरू

काठमाडौं, असार ९ : ‘लैबरी सिङगिङ स्टार’ को सिजन ४ अडिसन सुरू भएको छ। बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको चर्चित रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’ सिजन ४ को काठमाडौंसहित तीन शहरमा अडिसन भइसकेको आयोजकले जनाएको छ। 

एनटिभी प्लसबाट प्रशासन हुने प्रतियोगिताका लागि विभिन्न दश शहरमा अडिसन हुने आयोजक सनसाइन प्रोडक्शन हाउसले जनाएको छ। विद्यार्थी लक्षित गायन प्रतियोगिताको पहिलो अडिसन जेठ १८ गते काठमाडौंमा र त्यसपछि नुवाकोट र धादिङमा भएको थियो अडिसन भइसकेको छ।

चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४  गते अडिसन हुने आयोजकले जनाएको छ। बाँकी शहरमा अडिसन हुने मिति केही दिनमा सार्वजनिक गरिने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन्।

बालबालिका केन्द्रीत रियालिटी शो खासै नभएकाले यो प्रतियोगिता सुरु गरेको उनले बताइन्। बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास विकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको उनले बताइन्। यो प्रतियोगिताका विजेताले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा प्रमुख निर्णायकका रुपमा जोडिएका छन्। त्यसबाहेक अन्य दुई निर्णयक गायक राज सिग्देल र गायिका प्रमिला तामाङ रहेका छन्। 
 

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्