Kathmandu Press

प्रकाश सपुतविरुद्ध शम्भु राईले दिए उजुरी

काठमाडौं, असार ९  : वरिष्ठ गायक शम्भु राईले ‘गलबन्दी च्यातियो’ का गायक प्रकाश सपुतविरुद्ध उजुरी दर्ता गराएका छन्। सपुतले बजारमा ....

प्रकाश सपुतविरुद्ध शम्भु राईले दिए उजुरी

काठमाडौं, असार ९  : वरिष्ठ गायक शम्भु राईले ‘गलबन्दी च्यातियो’ का गायक प्रकाश सपुतविरुद्ध उजुरी दर्ता गराएका छन्। सपुतले बजारमा ल्याएको ‘गलबन्दी’ बोलको गीतमा आफ्नो पुरानो गीत ‘देउँसी भैलो’ को लय र भाका चोरी गरेको भन्दै राईले उजुरी दर्ता गराएका हुन्।

राईले नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन्। राईले सपुतको गलबन्दी गीतमा आफ्नो देउँसी भैलो गीतको लय र भाका मिलेको दाबी गर्दै आएका छन्। तर, सपुतले भने आफूले अहिलेसम्म उक्त देउँसी भैलो गीत नसुनेको र भाका चोरी नगरेको दाबी गरेको छन्।

Hardik ivf

उजुरी दर्तापछि आइतबार राई र सपुतबीच रजिष्ट्रार कार्यालयमै छलफल पनि भएको थियो। तर, दुबै पक्षले आआफ्नो दाबी छोड्नन्। 

रजिष्ट्रार कार्यालयका प्रमुख प्रकाश आचार्यका अनुसार यी दुई गीतबीच समानता छ वा छैन भन्ने विषय ठ्याक्कै भन्न सकिने अवस्था छैन। आचार्यले दुई पक्षबीच छलफलबाट विवादको टुंगो नलागे अदालतबाटै यसको छिनोफानो हुन सक्ने बताए।
 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्