एनआरएनएद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, जेठ २५ : गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। संघको बेलायत, क्यानडा, अष्ट्रेलिया र चीन शाखाले भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना...
काठमाडौं, जेठ २५ : गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
संघको बेलायत, क्यानडा, अष्ट्रेलिया र चीन शाखाले भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेको छ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने बताए। सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पुर्याउन सफल भएको जानकारी दिए।
अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गरे।
प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











